तिमी आज बाट अपराधी
प्रिय नेता वालेन
भारतीय सांस्कृतिक हस्तक्षेपको विरुद्धमा बोल्दा
तिमी आज बाट अपराधी भएछौं
तिमी माथि अदालतको आदेश परेछ
तिमी माथि ठुला नाइकेहरुको आँखा परेछ
तिमी माथि सर्वोच्च अदालतको तारीख पत्र परेछ
बालेन तिमी माथि मुद्दा परेछ
तर ,
हामी त उहिल्यै हो अपराधी भएको
निःशुल्क शिक्षाको माग गर्दै गर्दा होस या
शिक्षाका माफियाहरुमाथि धावा बोल्दै गर्दा
निजी विद्यालयको चरम लुटका विरुद्ध बोल्दा होस या
सामुदायिक विद्यालय सुधारको पक्षमा बोल्दा
न्यायको पक्षमा बोल्दा होस् या
सरकारको विपक्षमा बोल्दा
वित्तीय दलालहरुको विरुद्धमा बोल्दा होस् या
मिटर व्याजी सुधखोरहरुको विरुद्धमा बोल्दा
राष्ट्रियताको पक्षमा बोल्दै गर्दा होस् या
भारतीय विस्तारवादको विरुद्धमा बोल्दा
राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा बोल्दा होस् या
राष्ट्रघाती MCC सम्झौताको विरुद्धमा बोल्दा
दलाल नेताहरु का विरूद्धमा बोल्दा होस् या
भ्रष्ट कर्मचारीको विरुद्धमा बोल्दा
दलाल संसदीय व्यवस्थाको विरुद्धमा बोल्दा होस् या
वैज्ञानिक समाजवादको पक्षमा बोल्दा
हो बालेन हामी त उहिल्यै हो अपराधी भएको
तिमि भर्खर यो सत्ताको अपराधी भएछौ।
जबसम्म तिमी जनताको काम गरिरहन्छौं
जबसम्म तिमी दलालहरुको विरुद्ध लडिरहन्छौं
जबसम्म तिमी राष्ट्रियताको काम गरिरहन्छौं
तब ,यो राज्यले जोकोहीलाई अपराधी घोषणा गरिदिन्छ।
तसर्थ, बालेन तिमी कत्ति विचलित नहुनु,
बालेन तिमी यो सत्ताको अपराधी ।।।
-------------- सन्देश सापकोटा ----------------
२०८०/०३/२५ ,नवलपरासी