उहाँले क्याम्पसमा शिक्षक राख्दा प्राप्त गर्ने कमिसन,विद्यार्थी भ्रमणको नाममा प्राप्त गर्ने रकम , नियमित विद्यार्थी बाट संकलन गरिने रकम तथा क्याम्पसमा हुने निर्माण एबं खरिदबिक्री मा आँखा गाडेर आफ्नो भाग खोज्ने मध्यस्थकर्ताको रुपमा स्ववियु लाई प्रयोग गरेको हुनाले यसको अन्त्य गरि स्ववियुको गरिमा कायम राख्नको निम्ति आफ्नो उम्मेदवारी दिएका बताउनु भयो।
हरेक विद्यार्थीको भावना समेट्न सक्ने, विद्यार्थीको समस्यालाई हल दिन सक्ने, भुइमान्छेको आवाज बोल्न सक्ने , क्याम्पसमा भइरहेका विकृति , विसंगतिलाई जरैदेखि निर्मूल पार्न सक्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन ल्याउन सक्ने, अन्याय/अत्याचार को विरुद्धमा बोल्न सक्ने तथा समाज रुपान्तरणको लागि दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजबादी व्यवस्था स्थापनाको निमित्त संघर्ष गर्ने सक्ने स्ववियु नै आजको अनिवार्य आवश्यकता रहेको उल्लेख गर्दै आफ्नो उमेद्बारी घोषणा गर्नुभएको छ।
क्याम्पसमा राजनीति गर्दै आएका अन्य विद्यार्थी संगठनका साथीहरुमा राजनीतिक चेतना एबं संस्कार को कमी भएको हुनाले आफूले सबैलाई सिकाउनको निमित्त पनि स्ववियु निर्वाचन जित्न पर्ने दाबी गर्दै सम्पूर्ण विद्यार्थी साथीहरूलाई आफूलाई भोट हाल्न आवहान समेत गर्नुभएको छ।